हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

SAVE_20221022_111523.jpg

जलपाईगुडी: हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। घटना जलपाईगुडी सदर ब्लकको बरोप्टिया ग्राम पञ्चायतको देवनियापाडा क्षेत्रको हो। जानकारी अनुसार हिजो राति घरमा सुतिरहेका एक व्यक्तिलाई हात्तीको बथानले अचानक आक्रमण गरेको थियो। मृतकको नाम नीलकण्ठ तोराव (६०) रहेको छ। हिजो राति धानबारीमा हात्तीको बथानले पहिले हंगामा मच्चाएपछि गाउँकै एक व्यक्तिलाई आक्रमण गरी हत्या गरेको स्थानीयवासीले बताएका छन्। बिहान सात बजे आफन्तले मृतकलाई देखेका थिए। दुर्घटनाको खबर पाएलगत्तै बेलकोवा रेन्जका अधिकारी र कोतवाली प्रहरी घटनास्थलमा पुगेर स्थितिबारे जानकारी लिएका थिए। प्रहरीले शवलाई पोस्टमार्टमका लागि जलपाईगुडी सुपर स्पेशलिटी अस्पतालमा पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement