तिहारको सन्देश दिँदै रे-भ्याल्ली स्कूलको प्री-देउसी कार्यक्रम

IMG-20221021-WA0319.jpg

गान्तोक: नेपाली जातिको महान चाड़ तिहारको सांस्कृतिक महत्वबारे जागरुकता गराउने उद्देश्य राख्दै तादोङ छः माईलस्थित रे-भ्याल्ली इन्टरनेश्नल स्कूलले पहिलोपल्ट सांस्कृतिक देउसी कार्यक्रम आयोजन गऱ्यो। प्री देउसी कार्यक्रमको रिपमा आयोजित कार्यक्रममा विद्यार्थीहरु र शिक्षकहरु सामेल थिए। सम्भवत कुनै निजी स्कूलले सांस्तिक जागरुकताका लागि यो पहिलोपल्ट आयोजन गर्एको हो। सांस्तिक देउसी टोलीले जातीय वाद्यवादन, पारम्परिक भेष-भूषासंगै पूराना नेपाली गीतहरु प्रस्तुत गरेको छ। हिजो पहिलो दिनको कार्यक्रममा टोलीले विद्यार्थीहरुका अभिभावकहरुको प्राँगनमा गएर सांस्कृतिक देउसी प्रस्तुत गरेको थियो। उल्लेखनीय कुरा के छ भने, स्कूलले तिहार तथा देउसीबारे जानकारी नभएका विद्यार्थीहरुलाई यस महान सांस्कृतिक पर्वबारे सचेतना गराउँदै उक्त सन्देश प्रत्येक अभिभावकहरुमा पनि पुऱ्याउने तयारी गरेको छ। स्कूलका शिक्षिका नम्रता थामी गुरुङले बताएअनुसार स्कूलले शिक्षासंगै सांस्कृतिक चाड़ पर्वहरुको महत्वबारे पनि शिक्षित बनाउँदै आएको छ। तिहारलाई मनोऱञ्जनका रुपमा मात्र पालन गरिरहेका छौ तर यस पर्वको सांस्कृतिक महत्व एकदमै ठूलो छ, यसबारे जागरुकता गराउने स्कूलको लक्ष्य हो, उनले भनिन्। स्कूलको यस सानो अभियानमा अभिभावकहरु, शिक्षकहरु, स्कूल प्रबन्धन समिति साथै विद्यार्थीहरुले उल्लेखनीय सहयोग गरेको उल्लेख गरिन्। उनले यस अभियानलाई स्कूलको वार्षिक कार्यक्रमको रुपमा आयोजन गरिने जानकारी गराइन्। तिहारमा शिक्षकहरु अनि विद्यार्थीहरु छुट्टीमा घर जाने भएकाले प्री देउसी कार्यक्रम आयोजन गरिएको जानकारी गराउँदै उनले यसलाई तिहार पछि पनि आयोजन गरिने बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *