फेन्सोङ विद्यालयले पालन गऱ्यो ७५औं स्थापना दिवस

IMG-20221021-WA0317.jpg

मंगन: फेन्सोङ सरकारी उच्चतर माध्यमिक विद्यालयको स्थापनाको ७५औं वार्षिकोत्सव आज समापन भयो। आज समापन दिनको कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती उपस्थित थिए भने विशिष्ट अथितिको रूपमा क्षेत्र विधायक एवं सिक्किम सरकारका वन विभागीय मन्त्री कर्मा लोडे भोटिया उपस्थित थिए। आज समापन दिनको कार्यक्रममा नृत्य प्रतियोगिताका विजेता अनि उप विजेताहरुले आ – अफ्नो प्रस्तुति दिए भने एकल गायन प्रतियोगिताका विजेता अनि उपविजेताहरुले पनि आफ्नो प्रस्तुति दिए।

७५ स्थापनाको दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य अतिथि उप्रेतीले फेन्सोंङ विद्यालय स्थापना गर्ने महान विभूतिहरूलाई नमन् गर्दै श्रद्धाञ्जली चढाए। वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले शिक्षा लाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउँदै यो स्कूलमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई अझ उत्साहसँग कार्य गर्ने आग्रह गरे। आगामी दिनमा यो स्कूलको पूर्वाधारहरु विकास गर्न सरकारले पहल गर्ने पनि उनले आश्वासन दिए। यो स्कूलमा अध्यनरत सम्पूर्ण विद्यार्थ हरूलाई पनि मन लाएर अध्ययन गर्ने आग्रह गर्दै भोलिको सिक्किमको कर्णाधरहरु विद्यार्थीहरू नै रहेको सबैलाई सम्झना गराए। यसै क्रममा फेन्सोङ स्कूलका पहिलो विद्यार्थीहरूलाई पनि मुख्य अतिथिको बहुलीबाट सम्वर्धना जनाइयो। यसका साथै विद्यालयबाट अध्ययन ग्रहण गरेर विभिन्न सरकारी पदमा कार्यरत पूर्व विद्यार्थीहरूलाई पनि सम्मान गरियो। क्षेत्र विधायक एवं आयोजन समितिका मुख्य संरक्षक मन्त्री कर्मा लोडे भोटियाले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *