रांची/नयाँ दिल्ली: झारखण्डमा राज्य लोकसेवा आयोग (जेपीएससी) र कर्मचारी चयन आयोग (जेएसएससी) का परीक्षाहरूमा देखिएका धाँधली तथा अनियमितताको विरोधमा विद्यार्थीहरूको आन्दोलन तीव्र बनिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जन्मदिनको शुभकामना दिएका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत मुख्यमन्त्री सोरेनको दीर्घायु र सुस्वास्थ्यको कामना गरेका हुन्।
उता, परीक्षाहरूमा पारदर्शी छानबिन र केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) जाँचको माग गर्दै विद्यार्थीहरू गत २५ जुलाईदेखि रांचीको जयपाल सिंह स्टेडियममा निरन्तर धर्नामा बसिरहेका छन्। आन्दोलनकारी विद्यार्थी र सरकारका प्रतिनिधिबीच भएको वार्ता निष्कर्षविहीन बनेपछि विद्यार्थीहरूले आज विधानसभा घेराउ कार्यक्रम तय गरेका छन्। विद्यार्थी नेता देवेन्द्रनाथ महतो गत २ अगस्टदेखि नै भोक हडतालमा छन्।











