दुई दिवसीय सम्मेलनमा राज्यमा अतिरिक्त मुख्य सचिव श्रीवास्तवले जनाए सहभागिता

IMG-20221021-WA0315.jpg

गान्तोक: भारत सरकारको नागरिक उड्डयन मन्त्रालयद्वारा देशको राजधानीस्थित विज्ञान भवनमा आयोजित दुई दिवसीय सम्मेलनमा सिक्किम राज्यबाट अतिरिक्त मुख्य सचिव एमएन श्रीवास्तव लगायत अन्य अधिकारीवर्गले सहभागिता जनाएका छन्। गत १७-१८ अक्टोबरको दिन आयोजित दुई दिवसीय कार्यक्रमको तकिनिकी सत्रको अध्यक्षता नागरिक उड्डायन मन्त्रालयका सचिव राजीब बन्सालले गरेका थिए भने कार्यक्रममा एयरपोर्ट अथोरिटी अफ् इन्डियाका महानिर्देशक सञ्जीब कुमार लगायत अन्यहरूले पनि सहभागिता जनाएका थिए। देशले नागरिक उड्डयन बजार र विश्वका अन्य भागबाट हवाई यात्राको तीव्र माग अनुभव गर्न सक्ने भएकाले राष्ट्रिय नागरिक उड्डयन क्षेत्रको सुधार र सुदृढीकरणमा उच्चस्तरीय सम्मेलनमा केन्द्रित गरियो। केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्दियाले आफ्नो सम्बोधनमा लास्ट माइल कनेक्टिविटी सरकारको नीति सुनिश्चित गर्न उत्तर पूर्व सहित दुर्गम र पहाडी क्षेत्रहरूमा हवाई सम्पर्क बृद्धि गर्नमा विशेष जोड दिए। उनले हेलिकप्टर सेवा र कनेक्टिभिटीको सुधारमा विशेष गरी हेम्स (हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस) र विमानस्थल निर्माण सम्भव नभएका क्षेत्रमा पनि जोड दिए। अन्तर्राष्ट्रिय नागरिक उड्डयन बजारमा ठूलो माग भएकाले एयर कार्गो अपरेसन र एमआरओको ढाँचामा आफ्नो हवाई यातायात सेवा विस्तार गर्ने सबै सम्भावनाहरू खोज्न उनले राज्यहरूलाई आग्रह गरे। सम्मेलनमा ड्रोन टेक्नोलोजीलाई आत्मसात र अवशोषित गर्न राज्यहरूको विशेष ध्यानाकर्षण पनि गराए किनभने यो तकनिकी निकट भविष्यको निम्ति अनिवार्य हुने अवगत गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *