गुवाहाटी: साउन महिनाको दोस्रो सोमबारको अवसरमा असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले भगवान् महादेवको पूजा-अर्चना गर्दै समस्त राज्यवासीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ। मुख्यमन्त्री सरमाले सामाजिक सञ्जालमार्फत भक्तिभाव व्यक्त गर्दै उक्त सन्देश साझा गर्नुभएको हो।
उहाँले साउन महिनाको प्रत्येक सोमबार भक्ति र श्रद्धाका साथ भगवान् शिवको स्मरण गर्ने एउटा पवित्र अवसर भएको उल्लेख गर्नुभएको छ। यस शुभ दिनमा महादेवको चरणमा शीश झुकाउँदै बाबा भोलेनाथको आशीर्वादले प्रत्येक असमवासीको जीवनमा शान्ति, मङ्गल र समृद्धि छाओस् भनी उहाँले कामना गर्नुभएको छ।











