गान्ताेक: बास्केटबल एसोसिएसन अफ सिक्किम (बीएएस) को आयोजनामा पालजोर स्टेडियम परिसरस्थित इनडोर बास्केटबल कोर्टमा सञ्चालन भइरहेको ‘सिक्किम बास्केटबल लिग (एसबीएल) २०२६’ अन्तर्गत गत अगस्ट ८ र ९ तारिखमा सम्पन्न खेलहरूबारे प्रेस विज्ञप्ति जारी गरिएको छ।
अगस्ट ८ को खेल परिणाम:
बी डिभिजन: स्पर्स ले सिक्किम बॉयज़लाई ४९-४६ ले पराजित गर्यो (सर्वोत्कृष्ट स्कोरर: निमा डब्ल्यु भोटिया)। यस्तै युवा स्पोर्टिंग क्लब ले टीएनएलाई ५४-४५ ले हरायो (सर्वोत्कृष्ट स्कोरर: प्राकृत)।
ए डिभिजन: डेनज़ोंग सिंगयेस ले हाउंड्सलाई ६४-५६ ले (सर्वोत्कृष्ट स्कोरर: आर. वाइ भोटिया) र येतीज़ ले ड्रुक स्क्वाडलाई ८२-२० को भारी मतान्तरले पराजित गर्यो (सर्वोत्कृष्ट स्कोरर: सी. एन लेप्चा)।
अगस्ट ९ को खेल परिणाम:
बी डिभिजन: सिक्किम जायंट्स र सीएमएस बिचको खेल ३७-३७ को बराबरीमा सकियो (सर्वोत्कृष्ट स्कोरर: एसजेडएल)।
ए डिभिजन: येटीज़ ले रेट्रो हूपर्सलाई ७४-५३ ले (सर्वोत्कृष्ट स्कोरर: सोनाम टी. बार्फुङ्पा), डेमी मॉन्क्स ले पांडासलाई ५९-५० ले (सर्वोत्कृष्ट स्कोरर: त्सेग्याल ग्यात्सो) तथा हाउंड्स ले ड्रुक स्क्वाडलाई ६०-३५ ले पराजित गर्यो (सर्वोत्कृष्ट स्कोरर: सोनाम र पेमा थिन्ले)।
महिला प्रदर्शनी खेल: गाङ्टोकका भेट्रान खेलाडीहरूको टीम लेजेंड्सलाई उत्तरी जिल्लाको प्रतिनिधित्व गरेको टीम हूपस्टर्स ले ३७-३६ को प्रतिस्पर्धात्मक अङ्कले हरायो (सर्वोत्कृष्ट स्कोरर: आर. एबेनी हम्टसो)।
आगामी खेल तालिका (२२ र २३ अगस्ट):
आगामी २२ अगस्टमा काई-डी-खांग बॉयज़ र स्पर्स (बिहान ८ बजे), मम्बास र युवा स्पोर्टिंग क्लब (बिहान ९:३० बजे) तथा पांडा र ड्रुक स्क्वाड (बिहान ११ बजे) बिच प्रतिस्पर्धा हुनेछ।
यसैगरी २३ अगस्टमा काई-डी-खांग र पेसर्स (बिहान ८ बजे), स्पर्स र एमपीएस (बिहान ९:३० बजे), येटीज़ र डेंज़ोंग सिंग्ये (बिहान ११ बजे) तथा रेवेन्स र ड्रुक स्क्वाड (मध्यान्ह १२:३० बजे) भिड्नेछन्। सम्पूर्ण खेलहरू पालजोर स्टेडियमकै इनडोर कोर्टमा हुनेछन्।










