खरसाङमा एक दिवसीय फूटबल चयन शिविर सम्पन्न

805aaedc-5447-4cd6-ab89-718a3fba4710

खरसाङ: खरसाङको मनटीभिट खेल मैदानमा हिल्स फूटबल एकाडेमीको आयोजनामा एक दिवसीय फूटबल चयन शिविर सम्पन्न गरिएको छ‌। उक्त शिविरमा भारतको प्रसिद्ध फूटबल एकाडेमी मिनरभा फूटबल एकाडेमी पञ्जाबका प्रमुख कोच टिका पोनगण, कोच सुभम जोसी अनि हिल्स फूटबल एकाडेमीको कोच नगेन तामाङको अगुवाईमा नानीहरूको लागि एक दिवसीय फूटबल चयन शिविर सम्पन्न भयो। प्रथममा हिल्स फूटबल एकाडेमी दारा अतिथिहरुलाई स्मृति चिन्ह प्रदान गर्दै खदा लगाएर स्वागत गरियो। उक्त शिविरमा झारखण्डको राँची, सिक्किम, कालेबुङ, दार्जिलिङ, कलकता, लोधोमा, मिरिक लगायत विभिन्न ठाउँबाट सात सयभन्दा ज्यादा नानीहरूले भाग लिएका थिए। यस चयन शिविरमा दश वर्षदेखि अठाह्र वर्षसम्मका नानीहरूलाई चयन गरियो भने छ जनाएको पूर्ण रूपमा चयन भयो अनि दशजना नानीहरूले आगामी दिनमा सिलगढीको क्याम्पमा जान पर्नेछ। उल्लेखनीय छ, यस मिनरभा फूटबल एकाडेमीले भारतको प्रतिनिधित्व गर्दै अण्डर फिप्टीन फूटबल खेलमा विदेशको ठूलो ठूलो देशहरुलाई जितेर
हेल्सिन्की कप
एमआईसी कप अनि गोथिया कप जस्तो प्रसिद्ध खेलहरु जितेर देशको नाम उच्च राख्न सकेको छ।

About Author

Advertisement