गान्तोक: आगामी पञ्चायत चुनाउको निम्ति आज मनोनयन पत्र फिर्ता लिने अन्तिम दिन थियो। गान्तोक जिल्लामा ५३ जनाले आफ्नो मनोनयन फिर्ता लिए।
यस क्रममा गान्तोक जिल्लामा ९ उम्मेदवारले जिल्ला पञ्चायतबाट आफ्नो मनोनयन फिर्ता लिए। यसै गरी, ४४ उम्मेदवारले ग्राम पञ्चायत वार्डबाट आफ्नो मनोनयन फिर्ता लिएका छन्। निर्वाचन अधिकारी र सहायक निर्वाचन अधिकारीले निर्विरोध निर्वाचित उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गरे। गान्तोक जिल्लामा ग्राम पञ्चायत वार्डका ३२ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
मनोनयन फिर्ता लिएपछि जिल्ला पञ्चायतका प्रतिस्पर्धी उम्मेदवारहरूलाई जिल्लापाल रगुल के. ले चुनाउ चिन्ह आवण्टित गरे। यसरी नै, सहायक निर्वाचन अधिकारीले ग्राम पञ्चायत वार्डका उम्मेदवारहरूलाई चुनाउ चिन्ह आवण्टित गरे।