दिपावली कपः एमएमएफसी निरपानी च्याम्पियन

IMG-20221021-WA0299.jpg

२१ अक्टोबरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको तेह्रौं संस्करणमा एमएमएफसी निरपानी च्याम्पियन भयो। स्थानीय फेञ्चेटार खेल मैदानमा शुक्रवार भएको फाइनल म्याचमा अफ्रिकी मूलका खेलाड़ीहरू लिएर मैदानमा ओर्लिने एमएमएफसी निरपानीले नमो बुद्ध युनाइटेड (रिम्बिक)-लाई ३-१-ले पराजित गऱ्यो।

विजेता टीमबाट मासुकेले २ अनि स्टेफनले १ गोल गरे। नमो बुद्ध युनाइटेडबाट सोनम जांगपो भूटियाले १ गोल गरे। एमएमएफसी निरपानी खेलाड़ी मेड्जो जाजालाई म्याचमा रातो कार्ड देखाइयो। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो भनी आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।

व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द म्याचः अभिजीत रोय (गोलकीपर, एमएमएफसी)
प्लेयर अव् द टुर्नामेण्टः बिरेन प्रधान (नमो बुद्ध)
बेस्ट गोलकीपरः अमन राई (नमो बुद्ध)
हाईएस्ट स्कोररः मासुके (एमएमएफसी)
बेस्ट टीमः एमएफसी फिक्कल (नेपाल)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *