डिपार्टमेन्ट अफ् इनभाइरोमेन्ट एन्ड द वेस्ट बेगल ल्युसन कन्ट्रोल बोर्डले ग्रीन पटेका पड्काउने समय तोक्यो

IMG_20221021_224718.jpg

सिलगढी: डिपार्टमेन्ट अफ इन्भाइरोमेन्ट एन्ड द वेस्ट बेङ्गल पल्युसन कन्ट्रोल बोर्डले एउटा विज्ञप्ति जारी गरेर पटेका पड्काउने समय निर्धारण गरेको छ। यस विज्ञप्ति अनुसार यस तिहारमा ग्रीन पटेका राति ८ बजीदेखि १० बजीसम्म पड्काउन सक्ने बताइएको छ। यसैगरी, छट पुजाको समयमा बिहान ६ बजीदेखि ८ बजीसम्म ग्रीन पटेका पड्काउन सक्नेछन्। यसबाहेक, क्रिसमस अर्थात् बडादिन र नयाँ वर्षको उपलक्ष्यमा पनि ग्रीन पटेका पड्काउने समय निर्धारित गर्दै राति ११ बजेर ५५ मिनटदेखि १२ बजेर ३० मिनटसम्म तोकिएको छ। वायु प्रदूषण रोक्न डिपार्टमेन्ट अफ् इन्भाइरोमेन्ट एन्ड द वेस्ट बेङ्गल पल्युसन कन्ट्रोल बोर्डले उक्त पदक्षेप ग्रहण गरेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *