टेट उत्तीर्ण उम्मेदवारमाथि पुलिस कारबाहीविरुद्ध एसएफआई र डीवाईएफआईले निकाल्यो र्‍याली, मुख्यमन्त्रीको पुत्ला दहन

IMG_20221021_224358.jpg

जलपाईगुडी: कोलकातामा, मध्यरातमा धर्नामा बसेका टेट उत्तीर्ण उम्मेद्वारहरूमाथि पुलिसको क्रूरताको बिरूद्ध सम्पूर्ण राज्यका साथै जलपाईगुडी जिल्लामा विभिन्न संगठनहरूद्वारा विरोध र्‍याली निकालिएको थियो। घटनाको विरोधमा विद्यार्थी–युवा शिक्षक र ट्रेड युनियनका तर्फबाट र्‍यालीसँगै सडक सभा पनि गरिएको थियो। आज डिवाईएफआई र एसएफआई ले जलपाईगुडी जिल्लामा पुलिस क्रूरताको विरोधमा मार्च निकाल्यो। डीबीसी रोड जिल्ला कार्यालयबाट विद्यार्थी युवाको विरोध जुलुस निकालेर शहर परिक्रमा गरिएको थियो। पछि प्रदर्शनकारीले कदमतला चौराहे नजिकै एचडीएफसी बैंक अगाडि सडक अवरुद्ध गरेका थिए। यहाँ यी मानिसहरूले मुख्यमन्त्रीको पुत्ला जलाए।विरोध र्‍यालीमा डिवाईएफआई जिल्ला सचिव प्रदीप डे, एसएफआई राज्य नेतृत्व प्रभाकर सरकार, जिल्ला युवा नेतृत्व सागर भौमिक, देवब्रत भौमिक, विद्यार्थी नेता पपई मोहम्मद लगायत विद्यार्थी युवा नेताहरू सहभागी थिए। अर्को तर्फ जलपाईगुडीमा आज एबीटीए, बीपीटीए, सीटुले शिक्षक र मजदुरहरू संलग्न रहेको यस घटनाको विरोधमा विरोध र्‍याली निकाले। जुलुसको नेतृत्व एबीपीटी प्रदेश उपाध्यक्ष विप्लव झा, एबीटीए नेता कौशिक गोस्वामी, मजदुर नेता कृष्ण सेन, सुभाष सरकारलगायत नेताहरूले गरेका थिए। विद्यार्थी र युवाको पहलमा जिल्लाको जलपाईगुडी सदर पश्चिम क्षेत्रको मैनागुडीको डेंगुझार बजारमा जुलुस निकालेर विरोध सभा आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement