कालचिनी – एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयमा आज पुलिस स्मृति दिवस २०२२ पालन गरिएको जानकारी एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट मनोहरलालले दिएका छन्। आज उक्त अवसरमा सन १९५९ सालको २१ अक्टोबरको दिन चीनी सेनाद्वारा चलाईएको गोलीले भारत चीन सीमा लद्दाखमा १० जना सीआरपीएफ जवानहरूको उत्सर्ग भएको थियो भने सो दिनलाई सम्झणा गर्दै २१ अक्टोबरलाई पुलिस स्मृति दिवस अर्थात पुलिस कम्मेमोरेशन डे को रुपमा मनाउँदै आइरहेको र आज सोही क्रममा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयमा आज कमान्डेन्ट मनोहरलालले २६४ जना सहीदहरूको नाम पढ़ेर सुनाएको थियो। पुलिस स्मृति दिवसको आफ्नै विशेष महत्व रहेको र यसले सुरक्षामा तैनाथ सबै सेना जवानहरूको उत्साह बढ़ने भएकोले यस दिवसलाई पालन गरिएको एसएसबी सुत्रले जनाएका छन्।