चिकित्सकलाई धम्की र पुलिसकर्मीलाई हातपात गरेको अभियोगमा तृणमूल छात्रा नेता पक्राउ

26d315d1-7162-49fa-9974-57f38b3f9790

कालचिनी – बिहीबार मध्यराती अलिपुरद्वार जिल्ला अस्पताल परिसरबाट एकजना तृणमूल छात्रा नेता सौभिक झाँ र उसको दाजु शुभम झाँ लाई पुलिसले पक्राउ गरेको घटना प्रकासमा आएको छ। प्राप्त जानकारीअनुसार उक्त तृणमूल छात्रा नेता सौभिक झाँको दाजु शुभम झाँ बिहीबार राती अलिपुरद्वार जिल्ला अस्पताल केही काम लिएर पुगेको थियो भने त्यहाँ आपतकालिन विभागमा कर्मरत एकजना चिकित्सकसित भनाभैरी चलेको थियो।

चिकित्सकले तिनलाई आपतकालिन विभागबाट बाहिर निस्किएर जाउ भन्दा शुभम झाँ ले चिकित्सकलाई अश्लील गाली गर्न शुरु गरेको थियो। चिकित्सकले भनेको नसुन्दा अस्पतालमा तैनाथ सिभिक भोलिन्टियर्सहरूले बाहिर निकालेर सम्झाउँन खोज्दा शुभम झाँ ले सिभिक भोलिन्टियर्सहरूमाथि हातपात गरेको थियो भने उक्त घटना सुनेर घटनास्थलमा पुगेका तृणमूल छात्रा परिषदका सचिव सौभिक झाँ ले अस्पतालमा तैनाथ एकजना पुलिसकर्मीमाथि कुटपिट गरेको थियो।

घटनाले तनाव उत्पन्न भएपछि घटनास्थलमा अलिपुरद्वार थानाको पुलिसबल पुगेर कर्तव्यरत पुलिसकर्मी र चिकित्सकलाई कुटपिट गरेको अभियोगमा पुलिसले दुवै दाजुभाई सौभिक झाँ र शुभम झाँ लाई पुलिसले पक्राउ गरेको छ। जिम्मेदार चिकित्सक र कर्मरत पुलिसकर्मीलाई तृणमूल छात्रा नेताले यसरी कुटपिट गरेको घटनाको अलिपुरद्वार सहरभरि नै निन्दा हुन थालेको छ भने उपरोक्त घटना सम्बन्धमा तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान मृदुल गोस्वामीले घटनाबारे आफूलाई कुनै जानकारी नरहेको यद्यपि घटना निन्दाजनक रहेको र अभियोग यदि सत्य हो भने प्रशासनले आईन अनुरुप व्यवस्था लिने जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *