तीनदिनव्यापी “दार्जीलिङ पुष्प उत्सव” आरम्भ

IMG-20221021-WA0261.jpg

दार्जीलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सहयोगमा ठकुरी नर्सरी अनि सोनादा फ्लोरिकल्चर एसोसिएसनको संयुक्त तत्वावधानमा आजदेखि चौरस्तामा तीनदिनव्यापी “दार्जीलिङ पुष्प उत्सव” आरम्भ भएको छ। उक्त उत्सवको विधिवत उदघाटन मुख्य अतिथि तथा जीटीए सूचना एवम् सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापाको बाहुलीद्वारा गरियो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा विभागका सहनिर्देशक भानुकान्त घिसिङ, संगीतकार बसन्त छेत्री, एडभेञ्चर टुरिज्मका दावा शेर्पा आदि उपस्थित थिए। आगामी २३ अक्टोबरसम्म चल्ने पुष्प उत्सवमा ठकुरी नर्सरी लगायत अन्य फूल कृषकहरुद्वारा विशेषगरी गोदावरीका विविध प्रकारसँगै विविध पौधाहरु प्रदर्शनीसँगै बिक्रीका लागि राखिएको छ भने रिम्बिक फ्रेस लगायत अन्य बिक्रेताहरुद्वारा स्थानीय उत्पादहरु बिक्री गर्न स्टल लगाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *