दार्जिलिङ पहाडको पर्यटन क्षेत्रको लागि २ हजार करोडभन्दा बढी लगानी गरिने: पर्यटन मन्त्री डा. शङ्कर घोष

9f0eed9f-5b51-4547-a3d9-b90b89a47230

मङ्पु: पश्चिम बङ्गाल सरकारका पर्यटन मन्त्री डा. शङ्कर घोषले दार्जिलिङलाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास गर्न राज्य सरकारले महत्वपूर्ण पहल गरेको जानकारी दिएका छन्। उनी अनुसार दार्जिलिङमा पर्यटन पूर्वाधारको व्यापक विस्तार, आधुनिक सुविधा निर्माण तथा अन्तर्राष्ट्रिय स्तरमा पर्यटन प्रवर्द्धनका लागि २ हजार करोडभन्दा बढीको लगानी गरिनेछ। यसै क्रममा मिरिकको सौन्दर्यीकरण र पर्यटन पूर्वाधार विकासका लागि एक हजार करोड स्वीकृत गरिएको मन्त्री घोषले बताएका छन्। यस योजना अन्तर्गत मिरिकको प्राकृतिक सौन्दर्य संरक्षण गर्दै पर्यटकमैत्री पूर्वाधार निर्माण गरिनेछ, जसले मिरिकलाई अझ आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यी महत्वाकांक्षी योजनाले दार्जिलिङ पहाड क्षेत्रमा पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै रोजगारीका अवसर सिर्जना, स्थानीय व्यवसाय प्रवर्द्धन, आर्थिक गतिविधिमा वृद्धि तथा समग्र क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

About Author

Advertisement