खरसाङको सन्त अल्फन्सेस विद्यालयको क्रस कन्ट्री म्याराथन सम्पन्न

IMG_20221021_194704.jpg

खरसाङ: खरसाङको सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयका पाँचौं श्रेणीदेखि बाह्रौं श्रेणीसम्मका २४१ जना विद्यार्थीहरूको सहभागितामा क्रस कन्ट्री म्याराथन २०२२ को आयोजना गरिएको छ। यो म्याराथन शान्ति अनि सद्‌भावनाको नारा दिएर सम्पन्न गरिएको थियो। यो म्याराथनमा ए, बी अनि सी डिविजनमा विद्यार्थीहरूलाई वर्गीकृत गरेर सम्पन्न गरिएको थियो भने ए डिभिजनका विद्यार्थीहरूले विद्यालयको खेल मैदानबाट खेल शुरू गरेका थिए। बी डिभिजनका विद्यार्थीहरूले माथिल्लो डुमारामको ज्ञानेश्वर मेमोरियल स्कूलबाट अनि सी डिविजनका विद्यार्थीहरूले डाउहिल रोडको देवीस्थानबाट दौड शुरू गरेका थिए। यो म्याराथन विद्यालयको खेल मैदानबाट कटलेरी पाखा, ज्ञानेश्वर स्कूल, माथिल्लो डुमाराम, फादर वेरी रोड हुँदै टेकवीर बस्तीको नयाँ रोडको गोलाई, डाउहिल रोडको देवीस्थान, डाउहिल रोड हुँदै डाउहिल गर्ल्स स्कूल, भिक्टोरिया बोइज स्कूल, डीएसओ कार्यालय, दोकान डॉंड़ा भएर पुनः देविस्थान, माथिल्लो डुमाराम, फादर वेरी रोड भएर ज्ञानेश्वर मेमेरियल स्कूल, कटलेरी पाखा भएर विद्यालयको खेल मैदानमा पुगेर समापन गरिएको थियो। क्रश कन्ट्री म्यारथन २०२२ आयोजक समितिको तर्फबाट शिक्षक नीटु लामा, एन्थोनी जोहन अनि फूर्हा शेर्पाले संयुक्त रूपमा बताए अनुसार क्रश कन्ट्री म्यारथन २०२२ मा विद्यालयका जम्मा २४१ जना विद्यार्थीहरूले अंशग्रहण गरेका थिए। यस दौढ़मा विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गर्नको निम्ति कटलेरी ग्राम सुधार समिति, प्रगति संघ समाज टेकबीर बस्ती, सुनौलो परिवार डाउहिल, नवीन ग्राम सुधार समिति डाउहिल, ग्राम कल्याण समि डुमाराम अनि भिक्टोरिया ग्राम सुधार समितिका सभापति, सचिव अनि प्रतिनिधिहरूले बाटोमा भेला भएर दौढ़मा सामेल विद्यार्थीहरूलाई हैसे प्रदान गरेका थिए। ए,बी,सी अनि गर्ल्स डिविजनमा सहभागी विद्यार्थीहरूमा प्रथम, दोस्रो अनि तेस्रो देखि दशौँ स्थानमा आउने निद्यार्थीहरूलाई प्रमाण पत्र अनि पुरस्कार विद्यालयका प्रधान अध्यापक फादर केविन मोक्तान अनि शिक्षक-शिक्षिकाहरूको बाहुलीबाट प्रदान गरियो। क्रश कन्ट्री म्यारथन २०२२ सफला पूर्वक सम्पन्न भएकोमा विद्यालयका प्रधान अध्यापक फादर केविन मोक्तानले विद्यार्थीहरू, अभिभावकहरू, शिक्षक-शिक्षिका, विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरू, पुलिस प्रशासन, ट्राफिक पुलिस, खरसाङ महकुमा स्थस्थ्य अधिकारी अनि कर्मचारीहरू, खरसाङ महकुमा अधिकारीलाई धन्यवाद दिएका छ। विद्यार्थीहरूलाई कक्षा र उमेरको हिसावले ३ वटा डिभिजनमा विभाजन गरिएको र ए डिभिजनमा माथिल्लो कक्षा ९,१०,११,१२ का उमेर अघिक रहेका विद्यार्थीहरूलाई सामेल गरिएको यी विद्यार्थीहरूको दौढ़ विद्यालयको खेल मैदानबाट शुरू गरिएको बताउँदै विद्यालयका शिक्षक नवराज छेत्रीले मध्यम कक्षाका ७ र ८ का विद्‌यार्थीहरूलाई बी डिविजनमा राखिएको अनि ५ र ६ कक्षाका विद्यार्थीहरूलाई सी डिविजनमा राखिएको थप बताए। तिनले ए डिविजनले विद्यालयको खेल मैदानबाट दौढ़ शुरू गरेर ज्ञानेश्वर स्कूलमा आइपुगेपछि बी डिविजनमा विद्‌यार्थीहरू ए डिविजनका विद्यार्थीहरूको साथमा दौढ़मा सामेल भएको अनि फर्कन्दा सबै संगै फर्किएको पनि जानकारी गराए। तिनले विद्यालयका छात्राहरूले पनि देवीस्थानबाट आफ्नो दौढ़ शुरू गरेको पनि जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *