अरुणाचल: रेनफोरेस्ट च्यालेन्ज इन्डिया २०२६ मा अरुणाचलका चालकहरूको ऐतिहासिक सफलता

FB_IMG_1785697459945

ईटानगर: गोवामा सम्पन्न विश्वकै कठिन अफ-रोड मोटरस्पोर्ट प्रतियोगितामध्ये एक ‘रेनफोरेस्ट च्यालेन्ज इन्डिया २०२६’ मा अरुणाचल प्रदेशका चालकहरूले सानदार प्रदर्शन गर्दै दुईवटा पोडियम फिनिस हासिल गरेका छन्। यस ऐतिहासिक सफलतामा अरुणाचलका मुख्यमन्त्री पेमा खाण्डूले विजेताहरूलाई बधाई दिएका छन्।
​प्रतियोगिताको ‘४x४ एक्स्ट्रिम’ विधामा टिम मोकाका उज्ज्वल नामसुम र चेत्थन चेङ्गप्पा च्याम्पियन बनेका छन्। त्यसैगरी, ‘४x४ स्टक’ विधामा टिम एक्सट्रिम अरुणाचलका नाकु हागे चाडा र लोडा पुन्यो उत्कृष्ट प्रदर्शन गर्दै रनर-अप (द्वितीय) बने।
​मुख्यमन्त्री खाण्डूले उनीहरूको साहस, कौशल र सङ्घर्षशील भावनाको प्रशंसा गर्दै सिंगो अरुणाचल प्रदेशलाई उनीहरूमाथि गर्व रहेको बताएका छन्।

About Author

Advertisement