तन्वी शर्माले ताइपे ओपनको खिताब जितेर इतिहास रचिन्

106e2325-1d31-4082-a1bf-b4287bf0878e

ताइपे: भारतकी युवा शट्लर तन्वी शर्माले ताइपे ओपन सुपर ३०० टुर्नामेण्टमा महिला एकलको खिताब जितेर नयाँ इतिहास रचिन्। पञ्जाबकी १७ वर्षीय खेलाड़ीले आइतवार खेलिएको फाइनलमा भियेतनामकी छैटौं वरीयता प्राप्त थ्यू लिन्ह गुयेनलाई २१-१६, २१-१६-ले पराजित गरी आफ्नो करियरको पहिलो बीडब्ल्यूएफ वर्ल्ड टूर खिताब जितिन्। म्याच केवल ३६ मिनटसम्म चल्यो। तन्वी ताइपे ओपनमा महिला एकलको खिताब जित्ने साइना नेहवालपछि दोस्रो भारतीय खेलाड़ी बनेकी छन्। साइनाले २००८-मा खिताब जितेकी थिइन्। यसबाहेक यो तन्वीको करियरको पहिलो बीडब्ल्यूएफ सुपर ३०० खिताब पनि हो। यसअघि उनी गत वर्ष यूएस ओपन सुपर ३००-को फाइनलमा पुगेर उपविजेता रहेकी थिइन्। यस जीतको साथ तन्वी ताइपे ओपनको इतिहासमा कुनै पनि वर्गमा सबैभन्दा युवा च्याम्पियन बनेकी छन्। तन्वी १७ वर्ष र २२२ दिनको उमेरमा ताइपे ओपनको इतिहासमा सबैभन्दा कम्ती उमेरका च्याम्पियन बन्नको साथै सबैभन्दा कम्ती उमेरकी फाइनलिस्ट पनि रहिन्। उनले दक्षिण कोरियाकी दिग्गज ली योंग डे-को रेकर्ड तोड़िन्। पीभी सिन्धूका पूर्व प्रशिक्षक पार्क ताए-संगकी शिष्या तन्वीले म्याचको शुरुवात असाधारण तरिकाले गरिन्। असाधारण ड्रप शट्, क्रस कोर्ट स्म्याश र नेट प्ले-को साथ उनले शुरुवाती गेममा चाँड़ै १०-२-को बढ़त हासिल गरिन्। त्यसपछि केही गल्ती गरे पनि उनले चाँड़ै पुनरागमन गर्दै पहिलो गेम २१-१६-ले जितिन्। दोस्रो गेममा भियेतनामकी खेलाड़ीले ३-०-को बढ़त हासिल गरे पनि तन्वीले संयम कायम राखिन्। असाधारण डिफेन्स र भ्रामक शट्सको साथ उनले लगातार अंक बटुलिन् अनि बढ़त हासिल गरिन्। अन्तमा सात म्याच पोइण्ट प्राप्त भएछि उनले चौथो अवसरमा म्याच जितिन्।

About Author

Advertisement