अम्बटेमा चियाबारी सुरक्षा समिति गठन

IMG-20221021-WA0254.jpg

खरसाङ: खरसाङको अम्बटे चियाबारीमा चियाबारी सुरक्षा समिति गठन गरिएको छ। यसको निम्ति अम्बटेको कुमालटारस्थित सार्वजनिक भवनमा दिपक कुमार थापाको अध्यक्षतामा एक सभाको आयोजना गरियो। सभामा स्थानीय चिया श्रमिकहरूको हक,हित र अधिकारको निम्ति चियाबारी सुरक्षा समितिको एउटा कमिटी गठन गरियो औ त्यसै कमिटीका प्रतिनिधिहरूले चियाबारीका प्रबन्धकहरूसँग सोझै कुराकानी गरे। नव गठित यस कमिटीमा सभापति तनुजा छेत्री रहेकी छन् भने उप सभापतिमा सुकराज तामाङ अनि जैनुत गिरी रहेका छन्। त्यसरी नै सचिव सुप्रिया मोक्तान, सह सचिवमा नम्रता थापा अनि सागर प्रधान, कोषाध्यक्ष सुशिल तामाङ अनि सह कोषाध्यक्ष दिपमाला छेत्री तथा प्रमुख सल्लाहकारहरूमा राजेन्द्रसिंह राजपुत, गणेश छेत्री, दिपक कुमार थापा, निलम कुमार गिरी, प्रमित छेत्री, राम दहाल, प्रसन छेत्री, रुपा थापा लगायत धेरै मात्रामा कार्यकारिणी सदस्यहरू चयन गरिएको छ। सभामा वक्ताहरूले अब चियाबारी सुरक्षा समितिको माध्यमबाट स्थानीय चिया श्रमिकहरूको हक, हित र अधिकार प्राप्त हुनेछ भनी जनाउँदै गत केही दिनअघि यस समितिले यहाँ सभा गरेर मालिकपक्षलाई चुनौती दिएकै फलस्वरुप रहल बोनस दिएको जनाए। अब यस समितिले कुनै पनि राजनीति पार्टीको भरोषामा परेर होइन तर स्वयं सक्षम भएर श्रमिकहरूको अधिकारको निम्ति लड्ने पनि प्रतिबद्धता व्यक्त गरे। विगतमा जिताएर पठाएका राजनीति दलका नेताहरू श्रमिकहरूको हितको निम्ति केही नगरेको अभियोग लगाउँदै व्क्तहरूले अब भने कुनै पनि नेताहरूको भरमा नपर्ने आग्रह गरे। आफ्नो अधिकारको निम्ति आफैनै अघि आउनु पर्छ भन्दै अब चियाबारी सुरक्षा समितिले श्रमिकहरूलाई न्याय दिने बताए भनी गणेश छेत्रीले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement