ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी चर्चित आरोही निर्मल पुर्जासहित टोलीका सदस्यहरूको निधन

image_870x_6a6de549e4a13

काठमाडौँ: विश्वप्रख्यात कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) को पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको छ।
​काराकोरम पर्वतशृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो ब्रोड पिक आरोहण गर्ने पूर्वयोजना नरहे पनि नयाँ कीर्तिमान रच्ने अवसरका रूपमा उनले यो प्रयास गरेका थिए। बिहीबार गएको विनाशकारी हिमपहिरोमा परी नेपालमा जन्मिएका ब्रिटिस नागरिक पुर्जाको मृत्यु भएको हो। उनको आफ्नै कम्पनी ‘इलाइट एक्सपेड’ले शनिबार सामाजिक सञ्जालमार्फत यो दुःखद खबरको पुष्टि गरेको छ।
​कम्पनीका अनुसार उक्त हिमपहिरोमा परी टोलीका अन्य सदस्यहरू पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पासहित सबै आरोहीहरूको निधन भएको छ।
​’इलाइट एक्सपेड’ ले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, “अत्यन्तै गहिरो निदा र हृदयविदारक दुःखका साथ हामी निर्मल ‘निम्सदाई’ पुर्जा तथा अभियानका अन्य सदस्यहरूको ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएको पुष्टि गर्दछौँ। यस कठिन घडीमा मृतका परिवार, आफन्त र प्रियजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।”

About Author

Advertisement