मंगपू गोल्ड कपः टाईब्रेकरमा जीतको साथ दार्जीलिङ पुलिस सेमिफाइनलमा

IMG_20221021_192022.jpg

२१ अक्टोबरः मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-मा दार्जीलिङ पुलिसले टाई ब्रेकरमा रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा प्रवेश गऱ्यो। मंगपू जन मैदानमा शुक्रवार खेलिएको चौथो क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिसले केबीपीएस (ढाका), बंग्लादेशलाई टाई ब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा दार्जीलिङ पुलिसबाट सिद्धान्त छेत्रीले गोल गरे। यसरी नै बंग्लादेशको टीमबाट एमोनले गोल गरे। अब शनिवार खेलिने पहिलो सेमिफाइनल म्याचमा आजको विजेता दार्जीलिङ पुलिसले नर्थ बेंगल आर्म्ड पुलिस (डाबग्राम)-को चुनौती स्वीकार्नेछ। यसरी नै आइतवार हुने दोस्रो सेमिफाइनलमा ईष्टर्न रेलवे, कलकत्ता र आमुक्त परिवार (सिलगढ़ी)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल ३० अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।
फोटो सौजन्यः मंगपू फोटोग्राफी सोसाइटी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *