सिलगढी पुलिसद्वारा लागुऔषध र मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम

dd8f9d7d-3a04-43b9-ad75-2bfc01b4494f

सिलगढी: इन्फोर्समेन्ट ब्रान्च का एसीपी श्री फारुक मोहम्मद चौधरीको मार्गदर्शनमा सिलगढी पुलिस कमिश्नरेटका विभिन्न इकाई तथा भोरेर आलो पुलिस थानाका कर्मचारीहरूले एक महत्त्वपूर्ण सामाजिक सचेतना कार्यक्रमको आयोजना गरेका छन्।
​उक्त कार्यक्रम भोरेर आलो थाना क्षेत्र अन्तर्गत पर्ने अम्बारी फालाकाटा चिन्ता मोहन हाइ स्कूलमा सम्पन्न भएको हो। कार्यक्रमको मुख्य उद्देश्य लागुऔषधको दुर्व्यसन नियन्त्रण, मानव बेचबिखन विरुद्धको इकाई (एएचटीयू), बेपत्ता व्यक्ति इकाई (एमपीयू), र पोक्सो ऐन जस्ता महत्त्वपूर्ण सामाजिक विषयहरूमा विद्यार्थीहरूलाई सचेत गराउनु रहेको थियो।
​सो अवसरमा पुलिस अधिकारीहरूले विद्यार्थीहरूलाई लागुऔषधका हानिकारक प्रभाव, बाल सुरक्षा, मानव बेचबिखनबाट जोगिने उपाय तथा जीवनमा जिम्मेवार निर्णय लिने महत्त्वका बारेमा विस्तृत जानकारी गराएका थिए।
​यस्ता पहलहरूमार्फत पुलिसले युवा पुस्तासँग प्रत्यक्ष जोडिएर सामाजिक सचेतना बढाउनुका साथै एक सुरक्षित, स्वस्थ र सचेत समाज निर्माणका लागि निरन्तर प्रयास गरिरहने सिलीगुडी पुलिसले जनाएको छ।

About Author

Advertisement