सिलगढी: सिलगढी पुलिस कमिश्नरेटले अनलाइन साइबर ठगीबाट बच्न नागरिकहरूलाई नक्कली एपीके फाइलहरूप्रति सतर्क रहन विशेष चेतावनी जारी गरेको छ।
पुलिसले जारी गरेको सचेतनामूलक डिजिटल पोस्टरमा गुगल प्ले स्टोर वा आधिकारिक एप स्टोर बाहिरका अज्ञात स्रोतबाट एपीके फाइल डाउनलोड नगर्न आग्रह गरिएको छ। आधिकारिक स्टोरमा नभएका र बाहिरबाट डाउनलोड गरिने त्यस्ता फाइलहरूले प्रयोगकर्ताको व्यक्तिगत डेटा, बैंक खाताको विवरण र गोपनीयता सजिलै चोर्न सक्ने जोखिम रहन्छ।
’साइबर सेफ सिलगढी’ अभियान अन्तर्गत पुलिसले प्रविधि प्रयोगकर्ताहरूलाई प्रलोभनमा परेर वा नबुझी एपीके फाइलहरू मोबाइलमा डाउनलोड नगर्न र आफ्नो व्यक्तिगत तथा वित्तीय विवरण सुरक्षित राख्न अपिल गरेको छ।










