मेगा फूटबल टुर्नामेण्टः गुल्मा एफसी क्वार्टर फाइनलमा

photocollage_2022102119923965.jpg

२१ अक्टोबरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा गुल्मा एफसी-ले आफ्नो म्याच जितेर क्वार्टर फाइनलमा स्थान बनायो। बाग्राकोट टी गार्डनको भानु मैदानमा आज भएको म्याचमा गुल्मा एफसी-ले डामडिम इलेभेनलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट मनोज सोरेन र साहिलले गोल गरे। गुल्मा एफसी-का खेलाड़ी दीपकलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ८ र १० नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १३ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजीत खड़काले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement