कालो ग्लास नलगाउने मासु पसलहरूलाई नगरपालिकाले जरिमाना लगाउने दिए चेतावनी

Darjeeling-Municipality-2

दार्जीलिङ:  कालो ग्लास नलगाउने मासु पसलहरू विरुद्ध नगरपालिकाले जरिमाना लगाउने चेतावनी दिएको छ। शहरको मासु पसल बिक्रेता संगठनसँग दार्जीलिङ नगरपालिकाले बैठक गरयो। दार्जीलिङ नगरपालिकाको कन्फेरेन्स हलमा सम्पन्न भएको बैठकमा दार्जीलिङ नगरपालिकाले बाटो छेवको सवै मासु पसल हरूमा कालो ग्लास लगाउने अनुरोध गरेको छ। दुई घण्टा भन्दा लामो समयसम्म चलेको बैठकपछि दार्जीलिङ नगरपालिकाको विभागीय नगरपार्षद मणि लामाले शहरको मासु पसलहरूमा अघिबाटै कालो ग्लास लगाइदिने अनुरोध गर्दै आइरहेको थियो, तर शहरको दुई तीनवटा मासु पसलहरू बाहेक अन्य मासु पसलहरूले अझसम्म पनि कालो ग्लास नलगाएकोमा खेद प्रकट गरेको छl ‘हामी पुरानो दार्जीलिङ भला फर्काई ल्याउन सक्दैनौं होला, तर दार्जीलिङलाई सही मार्गतिर अघि बढाउने प्रयास गर्नेछौं’, नगरपार्षद लामाले भने। १० नोभेम्बरदेखि कालो ग्लास नलगाउने मासु पसलहरू विरुद्ध नगरपालिका ऐनअनुरूप पाँच हजार रूपियाँ जरिमाना लगाउने नगरपार्षद लामाले चेतावनी दिए। उनले भने, ‘हाम्रो लक्ष्य अनि सोच दार्जीलिङको पुरानो गरिमा फर्काउने उदेश्यले दिनरात लागि परेका छौं’, नगरपार्षद लामाले बताए। त्यसरी नै मासु पसल बिक्रेता संगठनले १० नोभेम्बर अघि नै रोड छेउको सबै मासु पसलहरूमा कालो ग्लास लगाउने वचन दिएको छ। ‘दार्जीलिङ हाम्रो हो अनि हाम्रो दार्जीलिङलाई कसरी अझ राम्रो बनाउने दायित्व हाम्रो पनि हो’ उनीहरुले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement