नयाँ दिल्ली: भारतका अनुभवी ब्याटर तथा २०२०-२१ बोर्डर गावस्कर ट्रफीमा टीम इण्डियालाई ऐतिहासिक जीत दिलाउने अजिंक्य रहाणेले बिहीवार क्रिकेटको सबै प्रारूपहरूबाट सन्न्यासको घोषणा गरे। अब उनलाई इण्डियन प्रीमियर लीग (आईपीएल)-मा पनि खेलिरहेको देखिनेछैन। गत सीजनमा उनी कलकत्ता नाइट राइडर्स (केकेआर)-को कप्तान थिए। रहाणेले सोशल मीडियामा जारी आफ्नो सन्देशमा उनले सबै प्रारूपहरूबाट सन्न्यास लिएको स्पष्ट जनाएका छन्। रहाणेलाई मेलबर्नको हीरो मानिन्छ कारण २०२०-२१ बोर्डर गास्कर ट्रफीको अवधि उनले ऐतिहासिक शतक लगाएर आत्मविश्वास गुमाइसकेको भारतीय टोलीमा ऊर्जा र जोश फर्काएका थिए। त्यसपछि भारतीय टोलीले अष्ट्रेलियालाई उनीहरूकै घरमा टेस्ट शृंखलामा पराजित गरेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै रहाणेले सोशल मीडियामा भावुक सन्देश साझा गरेका छन्। उनले लेखेका छन्, क्याप नम्बर २७८ अब यहीँसम्म नै। सालौंसम्म प्राप्त भएको माया अनि समर्थनको निम्ति आन्तरिक हृदयबाट धन्यवाद। म सदा तपाईंहरू प्रति आभारी रहनेछु। हरेक चीजको शुरुवात हुन्छ अनि हरेक चीजको अन्त हुनेछ। यही जीवनको सत्य हो। त्यो समय आएपछि त्यसलाई सम्मान गर्दै अघि बढ़्नु पर्छ। ब्याटिंग गर्दा मैले सदा सही टाइमिंगमा भरोसा गरे अनि आज मलाई अन्तर्राष्ट्रिय क्रिकेटसहित सबै प्रारूपहरूबाट सन्न्यास लिने यो सही समय लाग्यो।
रहाणे लामो समयसम्म भारतीय टेस्ट टोलीका सबैभन्दा निर्भरयोग्य ब्याटरहरूमा एक रहे। विशेषगरी विदेशी परिस्थितिहरूमा उनको प्रदर्शन सदा चर्चामा रह्यो। रहाणेले ३१ अगस्त २०११-मा ईंग्ल्याण्डविरुद्ध टी२० म्याचको साथ भारतीय टोलीमा पदार्पण गरेका थिए। उनले भारतको निम्ति ८५ वटा टेस्ट, ९० वटा वनडे र २० वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेले। यस ३९ वर्षीय ब्याटरले टेस्ट क्रिकेटमा ३८.४६-को औसतले १२ वटा शतक र २६ वटा अर्द्धशतकको साथ ५०७७ रन बनाए। यसमा १८८ रन उनको सर्वोच्च स्कोर रह्यो। यसरी उनले वनडे प्रारूपमा ३५.२६-को औसतले ३ वटा शतक र २४ वटा अर्द्धशतकको साथ २९६२ रन बनाए। यस प्रारूपमा उनको सर्वोच्च स्कोर १११ रन रह्यो। उनले टी२० अन्तर्राष्ट्रियमा एउटा अर्द्धशतकको साथ ३७५ रन बनाए। यसरी रहाणेले तीनैवटा प्रारूप मिलाएर ८००० भन्दा अधिक रन बनाए। रहाणे २०१५ विश्व कपमा सेमिफाइनलमा पुग्ने भारतीय टोलीको हिस्सा रहे। यसरी २०२३ विश्व टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) चक्रमा उनी भारतको निम्ति सर्वाधिक रन बनाउने ब्याटर पनि रहे। रहाणेले भारतको निम्ति अन्तिम अन्तर्राष्ट्रिय म्याच जुलाई २०२३-मा वेष्ट इण्डिजविरुद्ध त्रिनिदाद टेस्टको रूपमा खेले। त्यसपछि उनी राष्ट्रिय टोलीबाट बाहिर रहेका थिए। उनले घरेलु क्रिकेटमा दुईवटा रणजी ट्रफी सत्र खेलेर राष्ट्रिय टोलीमा फर्किने प्रयास गरे तर सफल हुन सकेनन्। अन्तमा लामो प्रतीक्षापछि रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने फसेला गरे। रहाणेले आफ्नो आईपीएल करियरमा केकेआर, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स, मुम्बई इण्डियन्स, राजस्थान रोयल्स र राइजिंग पुणे सुपरजाइण्ट्सको प्रतिनिधित्व गर्दै २१२ वटा म्याच खेलेर ५३६७ रन बनाए। यसमा २ वटा शतक र ३५ वटा अर्द्धशतक सामेल छ।









