​काँकरभिट्टाको अरुणोदय मावि भवनभित्र शिक्षिकाको शव फेला, श्रीमान् फरार

9fb2fe70-aed0-4357-a5a0-7e6820084ace

झापा: मेचीनगर-१० काँकरभिट्टास्थित अरुणोदय माध्यमिक विद्यालयको भवनभित्र एक शिक्षिकाको शव भेटिएको छ। सड्न लागेको अवस्थामा शिक्षिकाको शव फेला परेको र उनका श्रीमान् फरार रहेको प्रहरीले जनाएको छ।
​इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार स्थायी घर सर्लाहीको लालबन्दी नगरपालिका-२ नेत्रगन्ज भएकी ती शिक्षिका अरुणोदय माध्यमिक विद्यालयकै भवनको एक कोठामा मृत भेटिएकी हुन्। उनका श्रीमान् रतन गुप्ता भने घटनालगत्तैदेखि सम्पर्कविहीन (फरार) रहेका छन्
​स्थानीयले दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।
​प्रहरीका अनुसार शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। घटनाको वास्तविक कारण (हत्या वा अन्य) पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। हाल फरार रहेका श्रीमान् रतन गुप्ताको तीव्र खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

About Author

Advertisement