शहीदहरूको सम्झनामा लायन्स क्लबले आयोजना गर्‍यो रक्तदान शिविर

5e5b2d4b-94fa-4738-8951-016b2cb9b1e2

खरसाङ: खरसाङ लायन्स क्लबले शहीद दिवसको उपलक्ष्यमा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा रक्तदान शिविर आयोजना गर्यो।शिविरका आयोजकको तर्फबाट बोल्दै लायन्स क्लबका सदस्य सरोज चौहानले जानकारी दिँदै भने, आजको रक्तदान शिविर खरसाङ महकुमा युवा शक्तिको संयुक्त तत्ववधानमा आयोजना गरिएको हो। शिविरलाई टेक्निकल सहयोग सिलीगुढीका महाराजा अग्रसन लायन्स ब्लड सेन्टरले दिएका छन्। रक्तदान शिविरमा रक्तदान गर्ने व्यक्तिहरू आज सामूहिक भवनमा आयोजित सहिद दिवस पालन गर्न आउने युवाहरू रहेको छ। शिविरका अध्यक्ष नवीन अग्रवालले भने, “२७ जुलाईको दिन कालेबुङमा बनेका शहीदहरूको सम्झनामा हामीले रक्तदान शिविर आयोजना गरेका हौँ।”
नवीनले थप भने, ” खरसाङमा भन्ने बित्तिकै रगत उपलब्ध हुँदैन। तसर्थ लायन्स क्लबले बारम्बार रक्तदान शिविर आयोजन गरेर रक्त बैंकमा सञ्चय गर्ने गरेको छ। अनि जब पनि बिरामीलाई रगतको खाँचो पर्दछ म स्वयं उनीहरुलाई रक्त उपलब्ध गर्न सहयोग गर्ने गरेको छु। “
क्लबका अध्यक्ष आयुष गुप्ताले भने, ” रक्तदान शिविर लायन्स क्लबको धेरै पहलहरूमध्ये एउटा प्रमुख पहल हो। हामी रक्तदान शिविर आयोजना गरेर चाहिएको समयमा बिरामीलाई रगत उपलब्ध पनि गराउने गर्ने गर्छौं।”
शिविरको संयोजन विनम्र गोयङ्काले गरेका थिए।

About Author

Advertisement