खरसाङ: श्री दमाई समाज खरसाङको वार्षिक साधारण सभा अनि नयाँ कमिटी गठन गरिएको छ। श्री दमाई समाज खरसाङको सभा प्रकाश सेवाको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई राजु ठटालले सञ्चालन गरेका थिए। सभामा सल्लाहकार हिरेण त्रिखत्री, नवीन सेवा र दिपेन सेवाले वक्तव्य राखेका थिए। सभामा कोषाध्यक्ष मुन्ना सुन्दासले दुई वर्षको आय व्ययको हर हिसाबको विवरण प्रस्तुत गरेका थिए। सभामा सचिवको प्रतिवेदन दिपेन सेवाले प्रस्तुत गरेका थिए। यस अवसरमा दिपेन सेवाले आफ्नो सम्बोधनमा दमाई जातीको आफ्नै जातीय बाजाको संरक्षण गर्न र यो धरोहरलाई बचाई राख्नलाई आफ्नै नौमति बाजा समूह बनाउन पर्ने कुरामा जोड दिएका छन्। उनले विशेष गरेर आफ्नै दमाई समाजको नारी समूहको नौमति बाजा समूह बनाउने विषयमा छलफल गर्दै जोड दिएका छन्।

उनले वर्तमान समयमा अनुसूचित जातिमाथि सरकारको के कस्तो अडान छ त्यो पनि जानकारी राखिने र त्यही अनुसार काम गर्न तयार रहेको बताएका छन्। उनले आगामी दिनमा सामाजिक र शैक्षिक काम गर्नलाई जोड दिएका छन् विशेष गरेर श्री दमाई समाज खरसाङको वार्षिक कार्यक्रम आगामी नोभेम्बर महिनामा आयोजना गरिने भएको छ। यही सभामा श्री दमाई समाज खरसाङको नयाँ कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति दिपेन सेवा, उप सभापति ललित सुन्दास, सचिव मनिष सेवा, सह सचिव दिनेश सेवा, कोषाध्यक्ष मुन्ना सुन्दास, सह कोषाध्यक्ष गौरी सेवा, प्रमुख सल्लाहकारमा प्रकाश सेवा, प्रवीण सुन्दास, राजु ठटाल, नवीन सेवा लगायत कार्यकारी सदस्यहरु चयन गरिएको छ।









