बाघडुग्रा: करुणामयीमा टेट पास नोकरी प्रार्थीहरूको आन्दोलनलाई अनैतिक रूपमा रद्द गर्ने तथा महिलाहरूमाथि अत्याचार गरेको आरोप लगाउँदै भाजपाले बाघडुग्राको पानीघट्टा मोड़मा आज विरोध प्रदर्शन गर्यो। राज्य सरकारले कथित रुपमा टेट स्नातकहरूको नोकरीको मागमा भोक हड़तालमा बसेका प्रदर्शनकारीहरूलाई पुलिसको सहयोगमा अनैतिक रूपमा हटाइएकोले यसको प्रतिवाद जनाउँदै आज भाजपा-ले विरोध प्रदर्शन गरेको हो। यस अवसरमा अप्पर बाघडुग्रा मण्डल अध्यक्ष गौतम घोष, सजल कान्ति सरकार, प्रियङ्का सरकार मित्र लगायत केही भाजपा कार्यकर्ताहरू उपस्थित थिए।









