ईटानगर: कारगिल विजय दिवसका अवसरमा अरूणाचल प्रदेशको सोपोमा एक विशेष कार्यक्रमको आयोजना गरी कारगिल युद्धका अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा कलिंग मोयोंङले सहभागी भई युद्धमा आफ्नो प्राणको आहुति दिने वीर शहीदहरूको तस्वीरमा माल्यार्पण तथा नमन गर्दै उहाँहरूको सर्वोच्च त्याग र अदम्य साहसको स्मरण गर्नुभयो।
सो अवसरमा बोल्दै उहाँले शहीदहरूको अतुलनीय बलिदान र अदम्य साहसले प्रत्येक भारतीय नागरिकलाई सदैव देशसेवामा लाग्न प्रेरित गरिरहने बताउनुभयो। वीर शहीदहरूको वीरतालाई सलाम गर्दै उहाँहरूले देशका लागि पुर्याउनुभएको योगदानप्रति सम्पूर्ण देशवासी सधैँ ऋणी रहने विचार व्यक्त गरिएको थियो।









