डेंगु र खानेपानीको समस्यालाई लिएर नेकपाले निकाल्यो र्‍याली, पञ्चायत कार्यालयमा ज्ञापनपत्र

IMG-20221021-WA0158.jpg

सिलगढी: शुक्रबार, सीपीएमको बागडोगरा क्षेत्र समितिको तर्फबाट डेंगु र पिउने पानीको समस्यालाई लिएर माथिल्लो बागडोगराका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन गरियो। यस क्षेत्रमा डेंगु तीव्र गतिमा फैलिदै गएकाले पिउने पानीको समेत ठूलो समस्या रहेको आन्दोलनमा सहभागीहरुले आरोप लगाएका छन्। तर पनि स्थानीय प्रशासन र सरकारले यसतर्फ कुनै प्रभावकारी पहल गर्न सकेको छैन। सीपीएम समर्थकहरूले आज माथिल्लो बागडोगरा ग्राम पञ्चायत कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। आन्दोलनरत सीपीएम नेताहरूले यस दिशामा तत्काल कारबाही नगरे आगामी दिनमा सशक्त आन्दोलन गर्ने बताएका छन्। कार्यक्रममा कम. शीतल दत्त, प्रीतिलाल साह, प्रविर मुन्शी, अमल रोय, जयदेव विश्वास, शम्भु कर्माकर, चन्दन दास, प्रकाश बनर्जी, सुशान्त पाटीकर लगायतको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement