कालिम्पोङमा एलपीजी ट्याङ्कर दुर्घटना

कालिम्पोङ: एलपीजीले भरिएको ट्याङ्कर नियन्त्रण हरयेरा खाल्डोमा खसेको जानकारी छ। घटनाले कालिम्पोङ जिल्लाको २७ माइल क्षेत्रमा सनसनी मच्चाएको छ। त्यस क्षेत्रका जनताले आतंकमा रात बिताएका छन्। यो घटनालाई लिएर प्रहरी प्रशासन पनि चिन्तित छ। राष्ट्रिय राजमार्ग नं. १० देखि २७ माइलको बीचमा एलपीजी सिलिण्डरको ट्याङ्कर दुर्घटना भएको हो। शुक्रबार बिहान ६.३० बजेबाट उद्धार कार्य सुरु भएको हो। उद्धार कार्यका क्रममा सिक्किमको लाइफलाइन मानिने राष्ट्रिय राजमार्ग नम्बर १० बन्द गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement