दार्जिलिङ: जीटीए चुनावको विरोधमा दार्जिलिङमा आमरण अनशनमा बसेका गोजमुमो अध्यक्ष बिमल गुरुङलाई आज उपचारको लागि सिक्किम लगिएको छ। गत २५ मईदेखि आमरण अनशनमा बसेका गोजमुमो अध्यक्ष बिमल गुरुङलाई स्वास्थ्यको ख्याल राख्दै हिज दार्जिलिङ अस्पताल लगिएको थियो भने आज उनलाई अझ राम्रो उपचारको लागि सिक्किमको एक अस्पताल लगिएको छ।

दार्जिलिङ जिल्ला अस्पतालबाट उनलाई सिक्किम लगिरहेको समय गोजमुमो केन्द्रीय सहसचिव प्रियवर्ध्दन राईले पत्रकारहरूलाई जानकारी गराएका छन् ।