ला लीगाः जीतको लयमा फर्किन सफल बार्सिलोना

photocollage_20221021112617815.jpg

२१ अक्टोबरः स्पेनिश ला लीगा फूटबलमा बार्सिलोनाले जीतको लय हासिल गऱ्यो। रियल म्याड्रिड विरुद्ध एल क्लासिको म्याचमा निराशाजनक हारको आघातबाट मुक्त हुँदै बार्सिलोनाले बिहीवार खेलिएको म्याचमा भिल्लारियल विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड क्याम्प नोउमा ७० प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाबाट रोबर्ट लेवाण्डोस्कीले ३१औं र ३५औं मिनटमा २ गोल गरे। यसबाहेक अन्सु फातीले ३८औं मिनटमा गोल गरे। म्याचको दोस्रो हाफमा कुनै गोल भएन। यस जीतपछि बार्सिलोना १० वटा म्याचमा २५ पोइण्टको साथ ला लीगा टेबलको दोस्रो स्थानमा कायम रह्यो। यसरी नै नवौं स्थानमा रहने भिल्लारियलसँग १५ पोइण्ट रहेको छ। बिहीवार राति खेलिएको अन्य म्याचहरूमा ओसासुनाले एस्पानयोललाई १-०-ले अनि अल्मेरियाले गिरोनालाई ३-२-ले पराजित गऱ्यो। ओसासुना अहिले १६ पोइण्टको साथ सातौं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement