गाडीको ठक्करबाट चितुवाको मृत्यु

अलिपुरद्वार: अलिपुरद्वार जिल्लाको वीरपाराको डिमडिमा क्षेत्रमा ३१ नम्बर राष्ट्रिय राजमार्गमा तीव्र गतिको गाडीले ठक्कर दिँदा चितुवाको मृत्यु भएको छ। गएराति तिव्र गतिमा आएको गाडीले ठक्कर दिँदा पूरै बढेको चितुवाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। प्रारम्भिक अनुसन्धानपछि चितुवाले रातको अँध्यारोमा सडक पार गरेको कुरा अस्विकार गरिएको छ। त्यही क्रममा उनलाई तिब्र गतिको गाडीले ठक्कर दिएको थियो ।दुर्घटनाको खबर पाएर वन विभागको दलगाउँ रेन्जका वन कर्मचारी घटनास्थलमा पुगेर चितुवाको शव आफ्नो नियन्त्रणमा लिएका थिए। चितुवाको शवको पोष्टमार्टम शुक्रबार गरिने वन विभागले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement