अनुभवी सिन्धू र युवा आयुष दोस्रो राउण्डमा

IMG-20260722-WA0135

नयाँ दिल्ली: दुईपल्टकी च्याम्पियन पीभी सिन्धूले आफ्नो असाधारण फर्मलाई कायम राख्दै प्रतिष्ठित चाइना ओपन ब्याडमिण्टन टुर्नामेण्टको दोस्रो राउण्डमा प्रवेश गरिन्। यसरी युवा भारतीय शट्लर आयुष शेट्टीले इण्डोनेशियाका विश्वका ११औं नम्बरका खेलाड़ी अल्वी फरहानलाई पराजित गरी प्री-क्वार्टर फाइनलमा स्थान बनाए। सिन्धूले बुधवार आफ्नै देशकी १८ वर्षीय उन्नति हुड्डालाई तीन गेमसम्म चलेको म्याचमा २१-१४, ९-२१, २१-१०-ले पराजित गरिन्। म्याच ५६ मिनटसम्म चल्यो। म्याचमा उन्नतिले सिन्धूलाई कड़ा चुनौती दिए पनि अनुभवको कमीले गर्दा हारको सम्मुखीन भइन्। दोस्रो राउण्डमा सिन्धूको भिड़न्त चीनकी चौथो वरीयता प्राप्त अनि पूर्व ओलम्पिक च्याम्पियन चेन युफेईसँग हुनेछ। सिन्धूले गत हप्ता जापान ओपनको अवधि यूफेईलाई पराजित गरेकी थिइन्। त्यस म्याचबाट हासिल भएको आत्मविश्वासले सिन्धूलाई फाइदा पुग्नेछ। यसरी पुरुष एकलमा भारतका युवा खेलाड़ी आयुषले पूर्व विश्व जूनियर च्याम्पियन इण्डोनेशियाका अल्वी फरहानलाई २१-१७, ५-२१, २१-१७-ले पराजित गरे। आयुषले असाधारण प्रदर्शन गर्दै पहिलो गेम जिते पनि दोस्रो गेममा इण्डोनेशियाई खेलाड़ीको वर्चस्व रह्यो। निर्णायक गेममा चाहिँ भारतीय शट्लरले संयमित प्रदर्शन गर्दै जीत हासिल गरे। यसबीच युगल म्याचहरूमा चाहिँ भारतीय खेलाड़ीहरूका प्रदर्शन निराशाजनक रह्यो। मिश्रित युगलमा रोहन कपूर र रुत्विका शिवानी गड्डेको जोड़ीले सीधा गेममा हारको सामना गर्नु पऱ्यो। ध्रुप कपिला र तनिषा क्रास्टोको जोड़ी पनि पहिलो राउण्डमै अल्झियो। यसरी पुरुष युगलमा एमआर अर्जुन र हरिहरन अम्मसाकरुणनको जोड़ी पनि पराजित भयो।

About Author

Advertisement