खरसाङ: खरसाङ फुटबल एसोसिएसनको आयोजनामा भईरहेको खरसाङ सुपर लीग २०२६ अन्तर्गत बुधबार बी डिभिजनको दुईवटा म्याच सम्पन्न भएको छ। पहिलो म्याच युनाइटेड खरसाङ एफसी अनि युनाइटेड टुङ्ग एफसीमाझ सम्पन्न भएको छ। यस म्याचमा युनाइटेड खरसाङ एफसीले दुई गोल गरेर बिजय बनेको छ। आफ्नोे टिमको तर्फबाट पुष्कर शर्माले एक गोल र अनिकेत पाख्रीनले एक गोल गरेका थिए भने युनाइटेड टुङ्ग एफसीले एक गोल मात्र गरेका थिए। आफ्नोे टिमको तर्फबाट अभिनय छेत्रीले एक गोल गरेका थिए। यस म्याचको उत्कृष्ट खेलाडीको रुपमा युनाइटेड खरसाङ एफसीका झ्याभियर बाङ्ग्रालाई पुरस्कार प्रदान गरियो। दोस्रो म्याच खरसाङ लिजेन्ड अनि खरसाङ स्पोर्टिङ क्लबमाझ सम्पन्न भएको छ।

यस म्याचमा खरसाङ लिजेन्डको लागि बिरेन्द्र राईले एक गोल गरेका थिए भने खरसाङ स्पोर्टिङ क्लबले दुई गोल गरेका थिए जसमा आफ्नो टिमको लागि अल्केश तामाङले दुई गोल गरेका थिए।

यस म्याचको उत्कृष्ट खेलाडीको पुरस्कार युनाइटेड खरसाङ स्पोर्टिङ क्लबका अल्केश तामाङलाई प्रदान गरिएको जानकारी छ। खरसाङ फुटबल एसोसिएसनको सचिव सुदिप राईले दिएका छन्।









