लोहागढ़ एफसी प्री क्वार्टर फाइनलमा

IMG_20221020_235222.jpg

२० अक्टोबरः मंगरटोला (निरपानी)-को तत्त्वावधानमा गोमा राई स्मृति विनर्स, चन्द्र बहादुर मंगर स्मृति रनरअप् अनि हर्क माया मुखिया स्मृति फेयर प्ले ट्रफी नक्आउट फूटबल टुर्नामेण्ट बिहीवारदेखि शुरु भयो। मगरटोला ग्राउण्डमा आज भएको उद्घाटन म्याचमा लोहागढ़ एफसी-ले डीएमके झापा (नेपाल)-लाई १-०-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement