लिम्बू लघु चलचित्र लोजीमाको छायांकन आरम्भ

IMG-20221020-WA0226.jpg

गान्तोक: लिम्बू लघु चलचित्र लोजीमाको छायाङकन हिजोदेखि सोमबारिया माङखिममा आरम्भ भयो। लोजीमा लघु चलचित्र लिम्बू जातिको संस्कृतिमाथि आधारित रहेको साथै यो लघु चलचित्र सिक्किमको विभिन्न ठाउँमा छायाङकन गरिने जानकारी गराएको छ। यो चलचित्रमा आशा हाङ सुब्बा अनि सारा हाङमा लिम्बूले मुख्य भूमिका निर्वाह गरेका छन्। पहिलो दिनको छायाङकनको शुभारम्भ कार्यक्रममा सिक्किम राज्य ब्याङकका अध्यक्ष डीबी गुरूङ मुख्य अतिथिको रुपमा उपस्थित थिए यसको साथै अनुसूचित जनताति विकास बोर्डका अध्यक्ष पीके सुब्बा, एसकेएम सीएलसी अध्यक्ष टीकाहाङ सुब्बा, सीएलसी उपाध्यक्ष बिकास सुब्बा विशिष्ठ अतिथिको रुपमा उपस्थित थिए। छायाङकन अवधि अध्यक्ष गुरूङले मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा राज्यमा फिल्म क्षेत्रमा कार्य गरिरहेकाहरूको निम्ति धेरै राम्रो नीति निर्माण गरिएको बताउँदै यो क्षेत्रमा लागेका कलाकारहरूलाई सरकारले निरन्तर सहयोग पुऱ्याइरहेको पनि अवगत गराए। उनले लघु चलचित्र लोजीमाका सम्पूर्ण टोलीलाई शुभकामना साथै अग्रिम बधाई दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *