२०२३ सम्म ठीक गरिने राष्ट्रीय राजमार्ग

11_10_2022-landslide-sikkim-nh_23132771_124231867.jpeg

गान्तोक: गत केही दिन अघि आसमको राजधानी गुवाहटीमा आयोजित ७०औं उत्तर पूर्वी परिषद् सम्मेलनमा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमलाई जोडने एक मात्र राष्ट्रीय राजमार्गबारेमा कुरा उठान गरेका थिए। उनले उक्त कार्यक्रममा राष्ट्रीय राजमार्गको अवस्था दयनीय रहेको जानकारी गराएका थिए। कोभिड–१९ को महामारीपछि भर्खरै सुधार हुँदै आएको राज्यको मुख्य आयश्रोत पर्यटन क्षेत्रको यो सडकको आयअवस्था बिग्रँदै गएकाले नराम्रो असर परेको र आवतजावत गर्ने यात्रुलाई समेत समस्या भएको उनले जानकारी दिए। यसरी नै गत १६ अक्टोबरको दिन मन्त्रालयको एक उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वमा महानिर्देशक (सडक विकास) र विशेष सचिव, सडक यातायात तथा राजमार्ग मन्त्रालयले सिलगढीदेखि गान्तोकसम्मको सम्पूर्ण सडकको निरीक्षण गर्‍यो जुन अवस्थित भू-वास्तविकताको स्थिति लिएको थियो। सोही प्रकारले १७ अक्टोबरको दिन राज्यका मुख्य सचिवको अध्यक्षतामा सम्वन्धित निकायका अधिकारीवर्गलाई लिएर एक सभा सम्पन्न भयो। उक्त सभामा राष्ट्रीय राजमार्गको सुधारबारे छलफल गरियो। आगामी २३ मार्चसम्म सबै सडकहरू सुचारूपमा सञ्चालन गरिने सभामा जानकारी गराइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *