प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर प्रशिक्षण कार्यक्रम सम्पन्न

IMG-20221020-WA0224.jpg

गान्तोक: आगामी १० नोभेम्बरमा सम्पन्न हुन लागिरहेको पञ्चायत चुनाउको निम्ति पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई लिएर आज एक प्रशिक्षण कार्यक्रम गान्तोक जिल्लामा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता अतिरिक्त जिल्लापाल तुषार निखारेले गरेका थिए। प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर आयोजना गरिएको यो दोस्रो प्रशिक्षण सभा हो। टाशी नामग्याल उच्चत्तर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आयोजित सभामा पचास जना पोलिङ अधिकारी र पचास जना प्रिसाइडिङ अधिकारीहरूले अंशग्रहण गरेका थिए। यस सभामा विशेष गरेर चुनाउको समयमा इभीएम मशिन चलाउने विधि बाहेक अन्य विषयमा प्रशिक्षण प्रदान गरेको जानकारी गराइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *