लाल बजारमा सर सफाई अभियान

IMG-20221020-WA0223.jpg

गान्तोक: गान्तोक नगर निगमका मेयर निलबहादुर छेत्रीको सक्रियतामा आज राजधानीस्थित कञ्जनजङ्गा शपिङ कम्पलेक्सको सर सफाईको अभियान सम्पन्न गरियो। लाल बजार नामले परिचित कञ्चनजङ्गा शपिङ कम्पलेक्स राजधानीको निम्ति किनबेचको केन्द्रनै मानिन्छ। राजधानीमा बसोबासो गर्ने अधिकांश जनताले यहाँबाट साग सब्जी अनि दैनिकरूपमा प्रयोग सामग्रीहरू किन्न आउने गर्दछन्। केही समयदेखि लाल बजार परिसरमा धेरै फोहोर भएको हुँदा गान्तोक नगर निगमका मेयर निलबहादुर छेत्रीको पहलमा आज सफाई अभियान आयोजन गरिएको हो। फाइर ब्रीगेडको दमकलको विशेष सहयोगमा गान्तोक नगर निगमका सफाई कर्मचारीहरूले लाल बजार परिसर सर सफाई गरे। सफाई कार्यक्रमपछि उनले यहाँका सबै ब्यापारीहरूलाई लाल बजार परिसरलाई सफा राख्ने अनि आगामी दिनमा यो सफाई अभियानलाई धारावाहिक रुपमा आयोजन गर्ने पनि प्रतिबद्धता जनाए। सफाई अभियान अवधि पार्षद अशोक प्रसाद अनि बजार अफिसर लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *