एसकेएम पार्टी माथि लगाइएको आरोपको खण्डन

IMG_20221020_220042.jpg

गान्तोक: पञ्चायत चुनाउलाई लिएर एसकेएम पार्टीले विपक्षी एसडीएफ पार्टीले लगाएका सबै आरोपहरूको खण्डन गरेको छ। एसकेएम पार्टीका प्रचार प्रसार प्रमुख समन्वयक बिकास बस्नेतले आज राजधानीस्थित पार्टी मुख्यालयमा आयोजित एक प्रेस वार्तामा यस आसयको जानकारी गराए। पञ्चायत चुनाउ प्रक्रिया र आदर्श आचार संहिता उल्लंघनलाई लिएर विपक्षी एसडीएफले सरकारमाथि विभिन्न आरोपहरू लगाउॅंदै चुनाउ आयोगमा ज्ञापन बुझाएको उनले अवगत गराए। उनले एसडीएफ पार्टीले लगाएका आरोपहरू आधारहीन रहेको बताउॅंदै एसकेएम पञ्चायत चुनाउलाई स्वतन्त्र बनाएपछि एसडीएफले आफ्नो मानसिक सन्तुलन गुमाएको छ भनी बताए। बस्नेतले एउटा डाटा साझा गर्दै भने, यसपाली ग्राम पञ्चायत वार्डमा १९६७ जनाले र जिल्ला पञ्चायतमा ५१० जनाले मनोनयन बुझाएका छन्। राज्यका जनताले एसकेएम सरकारको निर्णयलाई स्वीकार गरेको स्पष्ट भएको छ। यस कारण जनता खुल्ला रूपमा अगाडि आएर यसरी रेकर्ड संख्यामा मनोनयन बुझाएका छन्।यसै क्रममा बस्नेतले २०१७ सालमा सम्पन्न भएको पञ्चायत चुनाउको आंकड़ा पनि सार्वजनिक गर्दै भने, २०१७ मा १०३८ पञ्चायत वार्डमा केवल ४३७ र १०३ जिल्ला पञ्चायतमा केवल ८४ जनाले मनोनयन बुझाएका थिए। त्यस समय ६० प्रतिशत उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका थिए भने अधिकांश नै एसडीएफ पार्टीका उम्मेदवारहरू थिए।यसै गरी, उनले पञ्चायत चुनाउमा बीएलको सीट आरक्षणलाई लिएर पनि एसडीएफले मानिसहरूमा भ्रम फैलाउने काम गरिरहेको आरोप लगाए। एसडीएफले २०१७ को पञ्चायत चुनाउमा बीएलको निम्ति सीट आरक्षणको कुनै प्रावधान राखेको थिएन भन्दै त्यस समय एसकेएम पार्टीका दुई विधायकले विधानसभामा कुरा उठाउॅंदा तत्कालीन मुख्यमन्त्री पवन चामलिङले एसकेएम विधायकहरूमाथि जातिवादीको नआरोप लगाएका थिए भनी उनले बताए। बीएलको निम्ति सीट आरक्षणको प्रावधान नराख्ने एसडीएफले आज बीएलको सीट आरक्षणको कुरा गर्नु लज्जास्पद कुरा रहेको उनले बताए।यस अतिरिक्त, बस्नेतले पञ्चायत चुनाउको म्यानुअलमा कतै पनि मनोनयन बुझाउन सीओआई अनिवार्य छ भनेर लेखिएको छै भनी दाबी गरे। उनले पहिले पनि सोही प्रकारले पञ्चायत चुनाउहरू आयोजन हुॅंदै आइरहेको बताए। एसकेएमले म्यानुअलमा पञ्चायत चुनाउलाई स्वतन्त्र बनाउन मात्र संशोधन गरेको, तर त्यस बाहेक पुरानै प्रक्रिया अन्तर्गत चुनाउ आयोजन भइरहेको छ भनी उनले जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *