मंगलवार विभागीय अधिकारीसित हुने सभा
खरसाङ: राशन कार्डबाट नामहरु काटिनेहरु कुरा बुझ्न सोमबार खाद्य विभागको कार्यालयमा पुगेका छन्। मानिसहरुको राशन कार्डबाट नामहरु काटिएको विषयमा सोमवार राशन उपभोक्ताहरु खरसाङको खाद्य अनि वितरण विभागमा बुझ्न आएका थिए। मानिसहरुले आफ्नो नाम राशन कार्डबाट काटिएको विषयमा खाद्य अनि वितरण विभागको कार्यालयमा पुगेर बुझ्ने काम गरेका छन्। राशन कार्डबाट नामहरु काटिएका धेरै मानिसहरु खाद्य विभागको कार्यालय पुगेर विभागीय अधिकारीसँग जानकारी लिएका थिए।
यस क्रममा राशन कार्डबाट नामहरु किन काटियो तथा के कारणले नामहरु काटिएको साथै नामहरु किन आधारमा काटिएको साथै नामहरु काट्नलाई सरकारी नोटिस छ कि छैन भन्ने विषयमा सोधपुछ गरेका थिए। तर सम्बन्धित विभागको कन्ट्रोलर सोमवार आपतकालीन कारणले अन्यत्र जानु परेकोले खाद्य उपभोक्ताहरुले राखेका जिज्ञासाहरु र प्रश्नहरुका सठीक उत्तर नआएकोले उपभोक्ताहरुलाई भोलि मंगलवार बिहान आईदिने अनुरोध गरिएको छ। यसको साथै यस विषयमा छलफल गर्न मंगलवार बिहान ११ बजी सबैजना कन्ट्रोलरसित नै बुझ्न सक्ने बताइएको छ। राशन कार्डबाट नामहरु काटिएको उपभोक्ताहरु आज खरसाङ लगायत घैयाबारी, महानदी, सिविटार साथै अन्य विभिन्न स्थानहरुबाट आफ्नो नाम किन काटियो भन्ने विषयमा बुझ्न खाद्य अनि वितरण विभागमा आएका थिए। यस विषयमा सम्बन्धित विभागका कर्मचारीहरुसित बातचीत गरेर बाहिर आएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै दिप सन्यासी, अनु प्रधान, दिपराज रसाइली र बिपना विश्वकर्मले विस्तृत जानकारी गराएका छन्। सबैले मानिसहरुको नाम राशन कार्डबाट किन काटियो र यसको कारण के छ भन्ने विषयमा खाद्य विभागको कार्यालयमा आएर जान्न चाहेको र कार्यालयमा कन्ट्रोलर नभएकोले सोमवार विस्तृत जानकारी नभएकोले यस विषयमा मंगलवार बिहान बोलाएकोले नाम काटिने सबैलाई बिहान ११ बजी उपस्थित भईदिने अनुरोध गरेका छन्। यस विषयमा विस्तृत जानकारी मंगलवार नै थाहा हुने बताउँदै तर मानिसहरूको यतिविघ्न नामहरु राशन कार्डबाट कसरी काटियो यु स विषयमा सरकारले छानबीन गर्नु पर्ने मांग गरेका छन्। नाम काटिनेहरु खाद्य विभागको कार्यालयमा पुगेर सोधपुछ गर्दा सोमवार केही समय तनावको स्थिति बनेको थियो तर पछिबाट स्थिति सामान्य बनेको थियो। मानिसहरूको नाम अचानक राशन कार्डबाट काटिएको विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै उपभोक्ताहरु साथै विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरूले यसरी अचानक मानिसहरुको नाम राशन कार्डबाट काटिएको कारण धेरैलाई असुविधा भईरहेको र राशन कार्डबाट नाम काटिएपछि अब राशन कार्डको बदलामा कुन कागज पत्र वैध हुने, किन नाम काटियो, नाम काटिनु सरकारबाट नोटिस आयो आएन भन्ने विषयमा प्रश्नहरु सोधिएको थियो भने कार्यालयमा कन्ट्रोलर नभएकोले मंगलवार ११ बजी सबैलाई बोलाइएको छ र मंगलवार स्पष्ट हुन सक्ने देखिएको छ।

राशन कार्डबाट नामहरु काटिएको कारण पेन्शन धारकहरु, सरकारी नोकरीवालाहरु, पक्का घर भएका र चार चक्के गाडी भएकाहरु आदिले काटिएको हुनसक्ने आशंका गरिएको छ। यसको साथै एसआइआरमा नाम काटिनेहरुको पनि राशन कार्डबाट नामहरु काटिएको हुनसक्ने आशंका गरिएको छ। यस विषयमा मंगलवार नै स्पष्ट हुने देखिएको छ।









