खरसाङ: आईएसएफके दार्जिलिङ जिल्ला समितिद्वारा खरसाङस्थित क्याम्ब्रिज स्कूलमा आईएसएफके अन्तर्गत प्रशिक्षण लिइरहेका विद्यार्थीहरूका लागि एक दिवसीय कार्यशाला (वर्कशप) तथा सेमिनार आयोजना गरिएको थियो। सेन्सी अभिनन्दन राउतद्वारा सञ्चालन गरिएको उक्त सेमिनारमा सेन्सी चञ्चल राउत संयोजकको रूपमा रहेका थिए। कार्यक्रममा मार्सल आर्ट्स तथा फिटनेसका प्रशिक्षक सेन्सी राहुल विश्वकर्मा र सेन्सी सुशील क्षत्रीको विशेष उपस्थिति रहेको थियो।
कार्यशालामा विद्यार्थीहरूलाई आगामी प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्न आवश्यक सीप, आत्मविश्वास, अनुशासन तथा आफ्नो क्षमतामा कसरी थप अपग्रेड गर्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो। साथै प्रतियोगिताको तयारी, शारीरिक तन्दुरुस्ती र मानसिक सुदृढीकरणका विभिन्न पक्षबारे पनि छलफल गरिएको थियो।

उक्त कार्यशाला तथा सेमिनार सफलतापूर्वक सम्पन्न भएको जानकारी सेन्सी अभिनन्दन राउत तथा सेन्सी चञ्चल राउतले दिएका छन्।









