महामाया कोलोनीमा सचेतना कार्यक्रम सम्पन्न
सिलगढी: लागुऔषध दुर्व्यसन विरुद्धको आफ्नो निरन्तर अभियानलाई जारी राख्दै सिलिगुडी पुलिस कमिस्नरेट अन्तर्गतको भोरर आलो पुलिस स्टेशनले एक विशेष चेतनामूलक कार्यक्रमको आयोजना गरेको छ। पुलिसले स्थानीय महामाया कोलोनीमा ‘लागुऔषध विरोधी सचेतना कार्यक्रम’ सम्पन्न गरेको हो।
कार्यक्रमको मुख्य उद्देश्य लागुऔषध दुर्व्यसनले समाज र मानव स्वास्थ्यमा पार्ने घातक असरहरूबारे सर्वसाधारणलाई सचेत गराउनु रहेको थियो। यसका साथै दुर्व्यसनमुक्त र स्वस्थ समाज निर्माणका लागि समुदायका प्रत्येक नागरिकलाई सामूहिक रूपमा अघि बढ्न पुलिस प्रशासनका तर्फबाट आह्वान गरिएको छ।
”लागुऔषधलाई नाइँ भनौं र सुरक्षित भविष्यलाई स्विकारौं” भन्ने मूल भावनाका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आगामी दिनहरूमा पनि यस्ता चेतनामूलक अभियानलाई थप तीव्रता दिइने पुलिसले जनाएको छ।









