कोलकता: बिहीबार केन्द्रीय मन्त्री स्मृति इरानी पश्चिम बंगालको दुई दिने भ्रमणमा कोलकाता एयरपोर्ट पुगिन्। उनलाई विमानस्थलमा भाजपा नेता मनोज पाण्डेले स्वागत गरेका थिए। स्मृति इरानी आज इजेडसीसी (EZCC) मा हुने भाजपा युवा मोर्चाको अधिवेशनमा सहभागी हुनेछिन्। हावडाको उलुबेडियामा विभिन्न कार्यक्रममा भाग लिएर उनी भोलि दिल्ली फर्किने छिन्।