फ्रेञ्च ओपनः नडाल र जोकोविचबीच क्वार्टर फाइनलमा भिड़न्त, लैला विजयी

photocollage_2022530123914393.jpg

३० मईः रोलाँ ग्यारोमा ‘रा फा रा फा’-को शोरबीच आफ्नो करियरको ११२औं म्याच खेलिरहेका स्पेनिश स्टार रफायल नडालले पाँच सेटको रोमाञ्चक म्याचमा जीत हासिल गरी उनलाई रातो माटोको बादशाह किन भनिन्छ भन्ने फेरि एकपल्ट साबित गरे। पूर्व नम्बर एक खेलाड़ी नडालले साढ़े चार घण्टासम्म चलेको चौथो राउण्डको म्याचमा कनाडाका फेलिक्स आगर एलियासिमेलाई ३-६, ६-३, ६-२, ३-६, ६-३-ले पराजित गरे। म्याचपछि नडालले भने, ईमानदारीपूर्वक भन्नु पर्दा यहाँ खेल्दै जहिले पनि के यो रोलाँ ग्यारोमा मेरो अन्तिम म्याच हुनेछ भन्ने थाहा हुँदैन। अहिले परिस्थिति यस्तै भएको छ। यसैकारण म हरेक म्याचको मजा लिन चाहन्छु। अब क्वार्टर फाइलनलमा नडालको भिड़न्त चीरप्रतिद्वन्द्वी तथा विश्वका नम्बर एक खेलाड़ी नोवाक जोकोविचसँग हुनेछ। सर्बियाका दिग्गज खेलाड़ी जोकोविचले चौथो राउण्डको म्याचमा १६औं वरीयता प्राप्त अर्जेण्टिनाई खेलाड़ी डिएगो श्वार्टजम्यानलाई सीधा सेटमा ६-१, ६-३, ६-३-ले पराजित गरे। जोकोविचको नडाल विरुद्ध करियरमा जीत-हारको रेकर्ड ३०-२८ रहेको छ तर फ्रेञ्च ओपनमा चाहिँ अहिलेसम्म नडालले उनी विरुद्ध सातवटा म्याच जितेर केवल दुईवटा हारेका छन्।

अन्य एउटा क्वार्टर फाइनलमा जर्मनीका स्टार खेलाड़ी अलेक्जेण्डर ज्वेरेवको भिड़न्त विश्वका छैटौं नम्बरका खेलाड़ी स्पेनिश किशोर कार्लोस अलकाराजसँग हुनेछ। ज्वेरेवले चौथो राउण्डमा क्वालीफायर बर्नाबे जपाटा मिरालेसलाई ७-६, ७-५, ६-३-ले पराजित गरे। यसरी नै गत केही समयदेखि असाधारण लयमा रहने अलकाराजले कारेन खाचानोव विरुद्ध ६-१, ६-४, ६-४-ले जीत दर्ता गरे। महिला एकल वर्गमा १८ वर्षीय अमेरिकी खेलाड़ी कोको गफको सामना उनकै देशकी स्लोएन स्टीफेन्ससँग हुनेछ जबकि २०२१-को अमेरिकी ओपनमा उपविजेता रहने कनाडाकी लैला फर्नाण्डिजले इटलीकी ५९औं ऱ्यांकिंग भएकी मार्तिना ट्रेविसान विरुद्ध खेल्नेछिन्। लैला फर्नाण्डिजले २७औं वरीयता प्राप्त तथा २०१९-मा यहाँ सेमिफाइनलसम्म पुग्ने अमाण्डा एनिसिमोवा परला विरुद्ध ६-३, ४-६, ६-३-ले जीत हासिल गरिन्। यसरी नै इटलीकी १७औं वरीयता प्राप्त ट्रेविसानले अलीकसान्द्रा सासनोविचलाई ७-६, ७-५-ले पराजित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement